Head Office

Bharatpur Metropolitan -23, Chitwan

Call Us

9855082008

स्थापना दिवसका अवसरमा सजिलो साकोसद्वारा विविध समाजिक कृयाकलाप सञ्चालन

चितवन । भरतपुर महानगरपालिका–२३, कृष्णचोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवशको अवसरमा सप्ताहव्यापी विविध सामाजिक क्रियाकलापहरु शुरु गरेको छ । साकोसले दोस्रो दिन विहिबार “सामुदायको आर्थिक उन्नयनमा सहकारीको भूमिका’’ विषयक अन्तर माध्यामिक विद्यालय तह स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा भरतपुरका विभिन्न वडाका १९ विद्यालयबाट १९ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रतिस्पर्धी निर्णाणय छर्नाेट भू.पु. शिक्षक द्वय श्रीकान्त बराल र सुर्य प्रसाद जम्मरकट्टेलले गर्नु भएको थियो ।

प्रतियोगितामा प्रभात मा.वि शुक्रनगरकी छात्रा कृष्टीना पराजुलीले पहिलो स्थान हासिल गर्नुभएको थियो । त्यसैगरी भिमनगर मा.वि. छात्र विष्णु काफ्लेले द्वितीय, जानकी मा.वि. छात्रा आयुष्मा तिवारीले तृतीय स्थान हासिल गर्नु भएको थियो । त्यसै गरी सान्त्वना जेनिथ इ.स्कुलकी छात्रा अश्विन रसाइलीले पुरस्कार प्राप्त गर्नु भएको आयोजक साकोसका व्यवस्थापक सुरेश पौडेलले जानकारी गराउनुभयो ।

सजिलो साकोसको भवनमा सञ्चालन भएको उक्त प्रतियोगितामा संस्थाका अध्यक्ष देविलाल गौतम, प्रमुख अतिथि भरतपुर वडा नंं २१ वडा अध्यक्ष कृष्ण कुमार गुरुङ, सस्थापक अध्यक्ष तोयनाथ पौडेल, निवर्तमान अध्यक्ष मिन बहादुर परीयार र पुर्व अध्यक्ष कृष्णश्याम गिरी लगायतको उपस्थिति थियो ।

कार्यक्रमले पश्चिम चितवनमा बचत तथा ऋण अभियानलाई युवा तथा बालबालिकामाझ परिचित गर्नको लागि सहयोगी भएकोले बोल्ने वक्ताहरुले आयोजक टिमलाई धन्यवाद दिनु भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई प्रमाणपत्र सहित नगदले सम्मान गरीएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्मा ले गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजन युवराज गिरी, तोयनाथ पौडेल, मिन बहादुर परीयार र शिक्षक लिला नाथ न्यौपानेले गर्नु भएको थियो ।

साकोसले स्थापना दिवसको अवसर पारेर असार ६ गते स्वास्थ्य शिविर र जेष्ठ नागरिक शेयर सदस्य सम्मान कार्यक्रम समेत सम्पन्न गरेको थियो । बुधबार साकोसले ३३ जना जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.