Head Office

Bharatpur Metropolitan -23, Chitwan

Call Us

9855082008

सजिलो साकोस कृष्णचोकको बाह्रौ वार्षिकोत्सव अन्तरगतका साताब्यापी कार्यक्रमहरु सार्बजनिक

भरतपुर, असार ४

भरतपुर २३ कृष्णचोकमा अवस्थित सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाह्रौं स्थापना दिवसको अवसरमा सप्ताहब्यापी विविध कार्यक्रमहरु आयोजना गरेको छ । संस्थाको नव निर्मित कार्यलय भवनमा सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि यसबारे जानकारी दिईएको हो ।

साताब्यापी कार्यक्रम अन्तरगत असार ५ गते बृहत खुला स्वास्थ्य शिबिर कार्यक्रमको आयोजना गरिएको छ । शिबिरमा आम सर्बसाधारण जो कोहीले पनि स्वास्थ्य परिक्षण गर्न सक्नेछन् । पुष्पाञ्जली अस्पताल भरतपुरको सहयोगमा आयोजित स्वास्थ्य शिबिरमा जनरल मेडिसिन, महिला तथा प्रजनन्, बालरोग आदि सम्बन्धि बिशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गर्ने र औषधि समेत निःशुल्क उपलब्ध गराईने बताईएको छ ।

दोस्रो कार्यक्रमका रुपमा असार ६ गते ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राखिएको छ । कार्यक्रममा ७० वर्ष उमेर पुरा भएका संस्थाका ३० जना भन्दा बढी ज्येष्ठ सदस्यहरुलाई सम्मानित गरिने छ । यस्तै ७ गते संस्थाको सेवा क्षेत्र अन्तरगत पर्ने माध्यमिक विद्यालयहरु बिच बक्त्तित्व प्रतियोगिता आयोजना गरिएको छ भने ८ गते महिला शशक्तिकरण र मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको छ ।

भावी नेतृत्व विकास गर्ने उद्येश्यले असार ९ गते युवा लक्षित वित्तिय साक्षरता कार्यक्रको आयोजना गरेको संस्थाले १० गते बृहत रक्तदान कार्यक्रम राखेको छ भने ११ गते बाह्रौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमहरुको समापन गरिने आयोजक संस्था सजिलो साकोसले जनाएको छ ।

संस्थाका अध्यक्ष देबीलाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी पूर्ब अध्यक्ष मिन बहादुर परियार रहनुभएको थियो । सो पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण संस्थाका सचिव कर्ण विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा कालिका मिडियाका निर्देशक राज कुमार लामिछाने, सजिलो साकोसका उपाध्यक्ष नारायण प्रसाद भण्डारी, कोषाध्यक्ष मनोज पुडासैनी, सहसचिव सुकदेव भट्टराई लगाएतको सहभागीता रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.