Head Office

Bharatpur Metropolitan -23, Chitwan

Call Us

9855082008

सजिलो साकोसको निःशुल्क स्वास्थ्य शिविरमा २५२ जनाले लिए सेवा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३, कृष्णचोक स्थित सजिलो बचत तथा ऋण सहकारी संस्था(साकोस) ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको बाह्रौं स्थापना दिवसको अवसरमा साता व्यापी कार्यक्रम अन्र्तगत आज पहिलो दिन नि–शुल्क खुल्ला स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त कार्यक्रम पुष्पाञ्जली हस्पीटलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा २५२ जनाले स्वास्थ्य परीक्षण गराउनु भएको संस्थाका यवस्थापक सुरेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा ११५ जनाको आँखा परीक्षण, ३२ जनाको दन्त परीक्षण र अन्यको जनरल ओ.पि.डि., स्त्रीरोग तथा प्रसुती, नाक कान घाँटी,  हाडजोर्नी र बालरोग परीक्षण भएको थियो । शिविरमा १२७ जनाले सुगर परीक्षण गर्नुभएको थियो ।स्वास्थ्य परीक्षणमा सेवाग्राहीलाई निशुल्क औषधि वितरण गरिएको पौडेलले बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्री देवलीाल गौतमको अध्यक्षता र फिजिसियन डा. भोजराज अधिकारीको प्रमुख आथित्यता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि डा. अधिकारीले सजिलो र पुष्पाञ्जली अस्पतालको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताउनु भयो ।सजिलो साकोसमा सदस्य हुने सदस्यलाई पुष्पाञ्जलीबाट हुने उपचार खर्चमा २० देखि २५ प्रतिशत सम्म छुटको सम्झौता गर्ने समेत उहाँले जानकारी दिनुभयो ।कार्यक्रमको संयोजन लिलानाथ देवकोटा ,प्रकाश पुडासैनी , कुल बहादुर बस्नेत, भिमसेन महत र अन्जु ओली देवकोटाले गर्नु भएको थियो । कार्यक्रममा संचालक समिति तथा उपसमिति ,सल्लाहकारहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्माले गर्नु भएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.