Head Office

Bharatpur Metropolitan -23, Chitwan

Call Us

9855082008

सजिलो साकोसको१३ औं स्थापना दिवसको अवसरमा गरीएको निःशुल्क स्वास्थ्य शिविरमा १५२ जनाले लिए सेवा

भरतपुर चितवन,

भरतपुर महानगरपालिका वडा नम्बर २३, कृष्णचोक स्थित सजिलो बचत तथा ऋण सहकारी संस्था(साकोस) ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको १३ औं स्थापना दिवसको अवसरमा आज मिति २०८१ असार ११ गते नि-शुल्क खुल्ला स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त कार्यक्रम पुरानो मेडिकल कलेज(COMS)  भरतपुर-१० चितवनको प्राविधिक सहयोग र कस्तुर फर्मास्युटिकल्स आनन्दमार्ग ,भरतपुरको औषधि सौजन्यमा भएको थियो । शिविरमा १५२ जनाले स्वास्थ्य परीक्षण गराउनु भएको संस्थाका व्यवस्थापक सुरेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा दन्त परीक्षण , जनरल ओ.पि.डि., स्त्रीरोग तथा प्रसुती, नाक कान घाँटी,  हाडजोर्नी र बालरोग परीक्षण भएको थियो । शिविरमा ८० जनाले सुगर परीक्षण गर्नुभएको थियो ।स्वास्थ्य परीक्षणमा सेवाग्राहीलाई निशुल्क औषधि वितरण गरिएको पौडेलले बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री देवलीाल गौतमको सभापतित्व र भरतपुर महानगरपिलका वडा नं. २१ वडा अध्यक्ष श्री कृष्ण कुमार गुरूङ को प्रमुख आथित्यता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष गुरूङले सजिलो सहकारी प्रत्येक बर्ष सामाजिक कार्यमा विशिष्ठ योगदान रहेको र सदस्यहरूको सेवामा निरन्तर रूपमा रहेको यस क्षेत्रकै उत्कृष्ठ सहकारी रहेको साथै आगामी दिनमा पनि निरन्तरता यस्तै कार्यक्रम गर्न समेत सुझाव दिनु भयो । सो कार्यक्रमका विशिष्ठ अतिथिहरूले बोल्ने क्रममा यस सहकारी जन्माउने जन्मदाता ,संस्थापक अध्यक्ष लगाएत धन्यवाद दिनु भएको थियो । पुरानो मेडिकल कलेज र सजिलो सहकारीमा एक सम्झौता पत्रमा हस्ताक्षर पश्चात सजिलो साकोसमा सदस्य हुने सदस्यलाई पुरानो मेडिकल कलेज बाट हुने उपचार खर्चमा २० देखि २५ प्रतिशत सम्म छुटको सम्झौता गर्ने समेत उहाँले पुरानो मेडिकल कलेजका व्यवस्थापक श्री दुर्गा प्रसाद न्यैपाने जानकारी दिनुभयो ।कार्यक्रमको संयोजन सचिव श्री कर्ण बहादुर विश्वकर्मा ,मनोज पुडासैनी , युवराज गिरी, सृजना सुनार र सुरेश पैडेलले गर्नु भएको थियो ।

कार्यक्रममा संचालक समिति तथा उपसमिति ,सल्लाहकारहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्माले गर्नु भएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.