Head Office

Bharatpur Metropolitan -23, Chitwan

Call Us

9855082008

अर्धबार्षिक समिक्षा कार्यक्रम समापन

संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री तोयनाथ पौडेलज्यूको आतिथ्यता एवम् संस्थाका अध्यक्ष श्री देविलाल गौतमज्यूको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री मनोज पुडासैनीज्यूले सबै सहभागीहरूलाई स्वागत मन्तब्य गर्नु भएको थियो । उक्त कार्यक्रमलाई संस्थाका सचिव श्री कर्ण बहादुर विश्वकर्मा ज्यूले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको पहिलो सत्रलाई सस्थाका लेखा सुपरीवेक्षण समितिको तर्फ बाट संयोजक श्री शम्भुराज भट्टज्यूले यस आ.व.२०८१/०८२ को संस्थाले गरेका सकारात्मक कार्यहरू र आगमि दिनमा संस्थाले गर्नु पर्ने कार्यहरूलाइ संचालक समिति तथा अन्य उपसमितिलाइ आफुले गर्न पर्ने काम कर्तव्य र अधिकार प्रयोग गरी संस्थालाइ पश्चिम चितवनको नमुना र सामुदायको पहलो रोजाइको सहकारी बनाउन सक्ने धारणा राख्नु भएको थियो साथै अर्धबार्षिक रूपमा संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन बैठकमा पेश गरी सहभागीहरुको जिज्ञासा हरुलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका व्यवस्थापक श्री सुरेश पौडेलज्यूले संस्थाले तय गरेको आ.व.२०८१/०८२ बार्षिक कार्यक्रम योजना र बजेटको अर्धबार्षिक प्रगति र आगमि समयमा संस्थाले लिनु पर्ने रणनितिहरू प्रस्तुती र सहजिकरण गर्दै सहभागीहरुको जिज्ञासा हरुलाई सम्बोधन गर्नु भएको थियो । त्यस्तै गरी सस्थाका अध्यक्ष श्री देविलाल गौतम ज्यू तथा सचिव कर्ण बहादुर विश्वकर्मा ज्यूले उक्त कार्यक्रमको सहजिकरण र सहभागीहरुको जिज्ञासा हरुलाई सम्बोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समिति,सल्लाहकारज्यूहरू ,विभिन्न उपसमितिका संयोजक तथा सदस्यज्यूहरू, कर्मचारीहरूज्यूहरू समेत गरी ३१ जनाको सहभागिता रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.